गीता भण्डारी ‘गीतु’ का केही मुक्तकीय टुक्राहरूः

Spread the love
Gita, Geeta, Bhandari, Gitu, गीता भण्डारी ‘गीतु’ , pallawa, पल्लव

गीता भण्डारी ‘गीतु’

आफू मुख नपरी आमा अघि सार्छौ!
जे गरेनी भएन मलाई नै नराम्रो पार्छौ !
कहिले सम्म सहु कच कच तिमी हरुको,
दुनियाको नजरमा अपहेला भैइ हेरि बस्छौ !

छोरो आफ्नो ठिक छैन दोष मलाई लाउछिन !
राम्री बुहारी चाईयो भन्दै सात गाउँ धाउछिन !
जस्तो थियो छोरा उस्तै आज घम्न्डी सासू बज्यै,
म पनि हेर्दैछु कहाँ गएर खोइ कस्ति पाउछिन !

 

हाँसेर बोल्ने यहि खराब छ मेरो बानी!
देखेको कुरा बोलिदिदा धेरै रैछ्न रिसाउनी !
सक्दिन मनमा कुरा राख्न खोलि दिन्छु पोल,
जस्ले जे सुकै भनोस छु सफा मनकी खानी !

नसोचेको भैदिन्छ जिन्दगिमा कहिले काहीँ !
जे गर्दिन भन्छु हात जान्छ पहिल्यै तेहि !
अझै कति ठक्कर दिन्छस ए जिन्दगी मलाई,
बानी परेको छ चोट पीडा हासी हासी दिन्छु सहि !

न यता न उता भो जिन्दगी !
लगएर फालेको जुत्ता भो जिन्दगी !
जति उफ्रे पनि सकिएन माथि पुग्न,
कुवाको भ्यागुता कुवामै भो जिन्दगी !

पानी भनी झुक्काएर नशा पिलाए!
सफै थियो मन मेरो तर किन धुलाए !
जानी नसक्नु मान्छेको मनको कुरा,
फकाई फकाई रुख चढाई फेद ढलाए !

मान्छेको मन हो सजिलै परिबर्तन हुने गर्छ !
सानो सानो कुराले पनि चस्स मुटु छुने गर्छ !!
जानी जानी कसैलाई पिर मर्कामा पार्नु हुदैन,
बाहिर हाँसो देखाएनी भित्र भित्र मन रुने गर्छ !!

जति पीडा परे पनि मुस्कुराउने बानी!
भन्छिन मेरि आमा धेरै नहास है नानी !
अरुकै लागि सबै लुटाईदिए खुशिहरु ,
जति चोट दिन्छौ देउ म हु चोटकी खानी !

करोडौको कुरा नगर तिमी कौडी नभएको सङ्ग !
तिमिलाई पनि देखेकै छु खुशी छैनौ त्यो धन सङ्ग !
बाचुन्जेल सबै सङ्ग राम्रो मित्रता राख लाग्छ काम,
अरुकै काधमा चढेर जाने यो चोला किन गर्छौ घमन्ड !

हेराईको ईशारा आफैँ बुज यो रीस हो कि माया !
जुनी जुनी तिम्रै हुन चाहन्थे तर भयो घाम छाया !
तिमी महला रम्नेमान्छे छैन मेरो पानीओत्ने छानो,
मुख मेरो छुच्चो भएनी कतै लागिन दायाँ बायाँ !

धेरै रुन्थिन मेरि आमा म झोला बोकि हिड्ने बेलामा !
पटक पटक झोला खोसी लुकाई दिन्थिन कोठामा !
रहरले होईन बाद्देताले बनायो झोला बोकि हिड्न,
बुवाको सपना पूरा गर्नु छ मैले सम्झिएर त्यो घटना !

कहिले काहीँ यो मन तेसै निराश बनिदिन्छ !
जस्लाई आफ्नो सम्झ्यो उहीँ पराई भैदिन्छ !
भाग्यको खेल भनम या बिधिको बिडम्बना ,
बिर्सी जाने निस्ठुरिको यादले सताई रहन्छ !

प्रदेशमा छ भनेर नसोच छैन पैसा फल्ने बोट !
२हात छ्न तिम्रा यसलाई पनि मेहेनतमा घोट !
सके सम्म अर्काको पसिना खान नखोज तेसै,
उसको पनि आफनै घरपरिवार हुन्छ राम्ररी सोच !

छुट्टै आनन्दको मजा कल्पनामा डुब्दा !
मन तेसै खुशी बितेका अतीत सम्झिदा !
नचाहेर पनि दिन त आफ्नै गतिमा जादैछ,
कहिले काहीँ आँसु झर्छ मनले सोचेको नपुग्दा !

Bhandari Gitu Bhandari Gitu

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *