‘मूर्छित राष्ट्रवाद माग्दैछ गुहार’

Spread the love
Baburam, Neupane, Utts, बाबुराम न्याैपाने ‘उत्स’, pallawa, पल्लव

बाबुराम न्याैपाने ‘उत्स’

आभाष पाएर – घोर संकटको
सन्तुलित परराष्ट्रनीतिको बुदा
माग्दैछ गुहार
देशको माटोसँग ।
पञ्चशीलका हस्ताक्षरहरु
बन्दैछन् – किनाराका साक्षी ।
ससंकित छ – उत्तरको वादशाह
हो,
ड्रागनको कित्तामा
मञ्चिएको छ – खैलाबैला।

साक्षात देवदूतको स्वागतमा
लम्पसार छ – राष्ट्रवाद
सडक सडक र – मञ्च मञ्चमा।

 

गोहीको आँसुमा
भिजेको छ ल्याफ्फै – स्वाभिमानको पगरी।
भूकम्पले थिलथिलो र आक्रान्त समय
भूलिएको छ –
सत्ताको रिलेदौडमा।
जबर्जस्त लादिएको नाकाबन्दी
बनेर – सामान्य घटना
नागरिक अभिनन्दनको मन्त्रोच्चारणमा
बनाइदैछ – पबित्र ।

दासत्व र गुलामीका कठोर सर्तहरू
सजाएर
प्रभुत्ववादको किस्तिमा
दानदिन आउँदैछ – कोही धूर्त फरिस्ता

छाड्दैछ – आमाको कोमल छातीमा
अभिषापको कठोर पदचिन्ह।

सुरक्षा छाताको – पिटेर हौवा
पानीको प्यासा दक्षिण
प्यास मेटाउन –
बनाउछ अनेक वहाना।

विलखबन्दमा टोलाउदैछ – स्वतन्त्रता
भिजेकोछ देशको माटो
देशप्रेमि मनका – बलिन्द्र अश्रुधारामा।
दशगजा , सुस्ता ,कालापानी ….को पहिरोमा परि
चोटैचोटले
आहत छ – सार्वभौमसत्ता।

स्वतन्त्रताका बलिदानहरु
सत्ताको भोकमा – चढाइएको छ बली।
इतिहास सरापेर
पुन: नलेखियोस – दुर्नाम इतिहास
नबनुन् युगका भूल –
सत्ताका सम्झौताहरु।

किन बगाउछ संकिर्ण स्वार्थमा – शासक
गोहीको आँसु – थाहा छैन ?

गर्छ किन – छेपारे राजनीति
त्यो पनि थाहाछैन ?

जनताको सहनशीलतामा उभिएर
उ ;
सत्ताको सिंहासनमा – गरेर ढलिमली
देशको गरिमामा र गर्वमा – गरेर हेलचेक्र्याइँ
उग्राइरेछ उग्राइरहेछ।
©
बाबुराम न्यौपाने “उत्स”
दमक – ९

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *