टेकनारायण रिमाल”कौशिक”का मुक्तकहरूः

Take, Narayan, Rimal, टेकनार्रायण रिमाल ”कौशिक”, pallawa, पल्लव

टेकनार्रायण रिमाल ”कौशिक”

विवशताका क्षणहरू
मौनतामा नयन र मुस्कानले काम गऱ्यो
चञ्चलतामा एकछिन ध्यानले काम गऱ्यो
जब छट्पटीले गाह्रो बनायो सामना गर्न
तब मान्छेहरूको व्यवधानले काम गऱ्यो ।।

सपनाजस्तो विपना
कतै देखे देखे जस्तो
कतै भेटे भेटे जस्तो
कल्पना गगनमा उडेर
कविता लेखे लेखे जस्तो.. ।।

 

सूर्योदय
गणतन्त्र सफल होस्
लोकतन्त्र सुफल होस्
नवसूर्योदयका निम्ति
क्रूरतन्त्र विफल होस्।

के होला ?
जगत् र जीवनको रहस्य के होला
फूल र यौवनको रहस्य के होला
हिम-शिखर पारिको त्यो नीलो नीलो
गहिरो गगनको रहस्य के होला।

मायाको घोषणा
बुझेँ स्वर्गभन्दा अझै माथि माया
त्यसैले छ मेरो सबैमाथि माया
तिमीमाथि जस्तो अनौठो र नौलो
हुने छैन त्यस्तो कसैमाथि माया ।
भुजङ्गप्रयात छन्दमा

अहं वन्दामि सर्वदा
पावन तिथि हो आज वैशाख शुक्ल पूर्णिमा
उदाए लोकमा पूर्ण निष्कलङ्कित चन्द्रमा
अनन्त गुणका देव ती शाक्यमुनिका प्रति
नमन शिरले गर्छु साष्टाङ्ग पद-पद्ममा ।।
मुक्तकाऽनुष्टुभी

दूधको माखो
सिलो उखु खोस्टैमा सम्म चुसेर फ्याँकिन्छ
भरिलो मासु हाडैमा सम्म लुछेर फ्याँकिन्छ
मत्लब पूरा भैसकेपछि दूधको माखोझैँ
गिलासबाट झिकेर ‘तर’ पुछेर फ्याँकिन्छ ।।

बराबरी
तिमीले बतायौ न मैले बताएँ
तिमीले लुकायौ र मैले लुकाएँ
न साँचो कहानी कसैले बतायौँ
तिमीले पत्यायौ न मैले पत्याएँ ।।
छन्दः भुजङ्गप्रयात

 

One thought on “टेकनारायण रिमाल”कौशिक”का मुक्तकहरूः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.