मलाई मादल अनि ताली उस्तै लाग्छ
ओराली होस् या उकाली उस्तै लाग्छ
सायद मेरो दृश्टि नै फरक भएर होला
प्रेम होस् कि अचेल गालि उस्तै लाग्छ
लौन हजुर आज मेरो सय हरायो
बोल्न पनि बिर्से मैले लय हरायो
कति ज्युनु अरुले दिएको नाममा
आज फेरि याहा मेरो परिचय हरायो
याहा प्रेमीहरु सबैको पारा उस्तै लाग्छ
प्रेमिका होस् कि फेरि हत्यारा उस्तै लाग्छ
माया अनि ममता हराएको यो देशमा
अचेल पुजारी देखि ज्यानमारा उस्तै लाग्छ
आकाशमा हजारौं तारा तर जुन मन पर्छ
हुनत पित्तल पनि हुन्छ पहेँलो सुन मन पर्छ
मायामा केहि दिनु पर्दैन चिनो मलाई सनु
बहुमुल्य बस्तु भन्दा धेरै मलाई गुन मन पर्छ
यस्तो लाग्छकि जिन्दगी निकै पास छ
हाम्रो मित्रताको पनि ठुलो आभास छ
जसरी पुर्णेमालाइ जुनको आसछ
त्यस्तै हाम्रो माया पनि याहा झकास छ
सुमन सनम घिमिरे (निर्दोष यात्री )
