सृजना कोइरालाका केही मुक्तकहरूः

Srijana, Koirala, Pokhara, सृजना कोइराला, pallawa, पल्लव

सृजना कोइराला

मौलाउँछन् यहाँ सम्वन्ध सदभावले हेर्न सके !
सहज हुन्छ जीवन आत्मियताले घेर्न सके !
असल समाज अनि राष्ट्र बन्नेछ अवश्य पनि;
अहमतालाई सकारात्मक सोँचले फेर्न सके !

तिम्रै खोजिमा भौतारिन्छन् सारा सृष्टिमा
भेट्नै गाह्रो हुने अजीव भयो नि दृष्टिमा
भनिदेऊ हे शान्ति ! तिम्रो महिमा वर्णन
के होला त्यो कारण हुने तिमी वृष्टिमा ?

 

वीरताको सुन्दर इतिहास लुकेर नजाओस !
सगरमाथाझैँ अटल शिर झुकेर नजाओस् !
देश निर्माणका निम्ति गुञ्जिएका आवाजहरू;
क्षणिक खहरे भेल जस्तै सुकेर नजाओस !!!

हजुरको जस्तो निस्वार्थ माया सायद भेटिन्न आमा
कलकल त्यो झरनालेझैं प्यास कतै मेटिन्न आमा
विवशताले टाढा हुनु परे तापनि एक-आपसमा ;
अन्तर्मनको स्मृतिका तरङ्ग कहिल्यै रेटिन्न आमा ।।

पुजिँदैछन् शिवशंकर भन्दै जय जय भोले
प्रिय जन भइन्छ सबैको पवित्र शब्द बोले
मन, वचन र कर्मलाई शुद्द बनाउनु है सबैले
जीवन सुखमय बन्दछ सदभावनाहरू घोले ।।

नमीठा पलहरू अतितका भुल्नु रहेछ जीवन
विषमतामा नि मुस्कुराउँदै खुल्नु रहेछ जीवन
नदि पुगेझैं समुन्द्र वाधा व्यवधानको बाबजुत
गन्तव्य पुग्न अनेकौं गोरेटा डुल्नु रहेछ जीवन ।।

सुन्दर यो संसार देख्न पाएँ आभारी छु आमा !!!
हजुरकै योगदानले लेख्न पाएँ आभारी छु आमा !
हजुरको माया, ममता, त्यागप्रति हृदयदेखि नमन;
जहाँ रहे नि स्मृतिले छेक्न पाएँ आभारी छु आमा !

देशका लागी प्राणको आहुती दिने शहिदलाई सलाम !
राष्ट्रिय हितमा अनेकौं चुनौती लिने शहिदलाई सलाम !
सच्चा शहिदको पहिचानको महत्व अवमूल्यन भयो कि ?
‘म’ नभनिकन ‘हाम्रो’ हितमा सदैव हिड्ने शहिदलाई सलाम !!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.