जीवन योगि ‘बिपना’ का केही मुक्तकहरूः

Jiban, Jeewan, Yogi, Yogee, Bipana, जीवन योगि ‘बिपना’, pallawa, पल्लव

जीवन योगि ‘बिपना’

घर देखि घाट सम्म कफन हुन्छ साथी
दुईचार थुङ्गा फुल चढ्लान लास माथि
विवेचनाहुन्छ हाम्रो मलामेको भिड्मै
सपना जल्छ्न चितामा धुवा उड्दै माथी !!!

हेर्दा जीवन सबैको झकास हुन्छ
बुझेपो कहानी बेग्लै खास हुन्छ
आज जे होस जिन्दगी मान्छेको
भोलिको राम्रो हुने आस हुन्छ !!!

 

तिम्रो खुशी भन्दा भिन्दैै कुनै शहर छैन
तिमि बिनाका बेग्लै कुनै रहर छैन
गुजार्नै पर्छ दैनिकी जसो तसो यहाँ
तिम्रो अनुपस्थितमा हाँस्नै पर्ने कहर छैन !

हर खुशी फिक्का छ्न यहाँ तिम्रो सामु
अब्यक्त भावले मन हाँस्छ जब भन्छौं मामु
मैले जस्तै माया मलाई गर या नगर तिमी
संसार सोचे जस्तो छैन व्यबहार चिन्नु सानु !!

सुने त्यो सपनाको कथा संङ्ग मौन भए
उनका ती निर्दोष नयन संङ्ग मौन भए
अस्मिताको महत्व, बुझ्ने छैन ईमान
सात्वनामा के भन्नू शब्द संगै मौन भए

जीवन योगि “बिपना”
कोहलपुर

One thought on “जीवन योगि ‘बिपना’ का केही मुक्तकहरूः

  1. हार्दिक आभार प्रकट गरे पल्लव साहित्य पल्लव परिवार प्रती !!


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.