योगदान गर अवैधान नगर बिन्ती
सम्मान गर अपमान नगर बिन्ती ॥
भन कसलाई दोष दिनॆ म मरॆ सि
बाजुन्जेल मॆरो बयान नगर बिन्ती ॥
दिवश बानीयाँ विवस भएको बेला
बिन्ती छ मलाई हैरान नगर बिन्ती ॥
मॆरो रगतमा मात्र मायाको अभाव छ
माया दान गर रगत दान नगर बिन्ती ॥
बास दिएपछि तिमीलाई यो दिलमा
अन्जान बनॆर चिनजान नगर बिन्ती ॥
दिवश क्षेत्री, रारा मूगु
