सुमन सनम का केही मुक्तकहरूः

Spread the love
Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

जङ्गल फडानी गरेर भएनि प्रीय पर्ती बनाउला

पढाई लेखाइ छोरालाई सेनामा भर्ती बनाउला

किन चिन्ता लिन्छेउ तिमी म हुदा हुँदै साथमा

आमा बुवालाई सम्मान मिल्ने धर्ती बनाउला ।।

 

रहुन जेल तिम्रो जवानी धन देख्ने छेउ

उस्को हातमा पैसा हुदा मन देख्ने छेउ

सङ्ख बज्दा हास्दै आएउ भने घाटामा

पल्टाउनु कात्रो त्याहा सुमन देख्ने छेउ

 

 

न आकाशको याद आउँछ नत जुनको

न तामाको नै याद आउँछ नत सुनको

आरे यार याद आउनत केही बन्नु पर्छ

न अरुको नै याद आउँछ नत उनको ।।

 

निस्चल मनले सधैं आकाश भैदिउला

तिम्रो धड्कनको लागि सास भैदिउला

शिरमै सजाउ चाहे फाली देउ प्रीय

भिरमै फुल्ने म लालिगुरास भैदिउला ।।

 

आँखामा जमेको आँसु भेलालाई कस्ले देख्छ

पत्थर र शिसा बिचको मेललाई कस्ले देख्छ

किन प्रेममा भगवानलाई दोष दिन्छन् तर

प्रेमलार्इ बनाएको यस्तो खेललाई कस्ले देख्छ ।।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *