गजल

Spread the love
Bimala, Bikalata, Dangi, विमला डागी 'विकलता' , pallawa, पल्लव

विमला डागी ‘विकलता’

बोधै खुकुरी भए हुन्छ धार पो किन चाहियो र ?
म त तेसै नै सुन्दरी छु हार पो किन चाहियो र ?

धेरै कुराहरु बुझ्न चाहन्छौ भने मेरा तिमिले
उपन्यास नै पढे हुन्छ सार पो किन चाहियो र ?

नन्दनको सपनाहरु न देखाउ भो मलाई यहाँ
प्रकृतिमै रमाएकी छु प्यार पो किन चाहियो र ?

 

छोटो यो जिन्दगीमा गन्तव्यमा पुग्नु छ मलाई
पैदल यात्रा गर्न सक्छु कार पो किन चाहियो र ?

भारी मनलाई लट्ठ पार्न मधुर मुस्कान भए पछि
यो मन र त्यो मन जोड्न तार पो किन चाहियो र ?

भावुक बनी बिम्ब भित्र विलिन भए पछि
तेसै म त ‘विकलता’ आधार पो किन चाहियो र ??

– विमला डागी ‘विकलता’
रोल्पा।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *