शुभकामना

Spread the love
Shankar, Subedi, शङ्कर सुवेदी, pallawa,

शङ्कर सुवेदी

आयो बर्ष नयाँ उमङ्ग बटुली लालित्य छर्दै यहाँ
ज्योतीपुन्ज सरी नवीन रविले संघार भर्दै जहाँ
यस्तो स्वर्णिमको पवित्र दिन यो जाज्वल्य देख्दै छु म
नेपाली जनको सदा हित हुने सन्देश लेख्दै छु म

फैलुन् शान्ति सधैं सबै घर घरै सन्ताप क्यै को नहोस्
जीतै जीत मिलोस् हरेक पलमा त्यो हार कैल्यै नहोस्
चिन्ता, रोग हटुन् सदा पर कतै निश्चिन्तको जीवन
लम्कुन् हात परोपकार तिर नै सत्कर्ममा त्यो मन

 

फुस्कुन् ती अवरोधका अगतिला गाँठाहरू छन् जति
लम्कोस् देश सधैं विकाश पथमा चौतर्फ होस् उन्नति
यौटै सुत्र बनोस् पहाड अथवा भाभर् , तराई तिर
ढीक्का एक भई मिलुन् दलहरू नेपालको खातिर

शिक्षा, स्वास्थ्य जहाँसुकै सुगम होस् सस्तो र राम्रोपना
सिंचाई, बिजुली तथा सडकमा होस् उन्नती चौगुना
राम्रो वर्ष बनोस् सदा सुखमयी गर्दै सबै सामना
यस्तो नूतन सालको उदयमा मेरो यही कामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *