गजल

Santosh, Subedi, सन्तोष सुवेदी , pallawa, पल्ल्व

सन्तोष सुवेदी

जोगाएकि त थिए मैले तिमीले नग्न पारेउ
मलाई देखि कुकुरलेझैं तिमीले राल झारेउ ।

बाघले सिकारलाई लुछेजस्तै तिमीले
कमलो छाला,मासु,तन लुछि मलाई मारेउ ।

भोक मेटेउ तिम्रो मनको अनि डडाएउ मलाई
कतै अंग काटि फ्याकेउ त कतै गाडेउ ।

 

हेप्पि नारी दिवस भन्थेउ हिजो आज रूदैछु म
खै किन हो तिमीले बलात्कारलाई पेसा पारेउ ।

आमा कुर्दैछिन् घरमा छोरीको बाटो हेरी
छोरीलाईत तिमीले अग्गिनै दैवको देशमा सारेउ ।

भनिदिनु है मेरी आमालाई गएर तिमीले
ए आमा तिमीले यो पाखण्डीसंग आज हारेउ ।।

बोनसमा मुक्तक
सिन्की र गुन्द्रुक आहा!खान कति मिठो
देउसि र भैली आहा!गान कति मिठो
दौरासुरुवाल,टोपी अनि चौबन्दी चोली
चाम्रे र ढक्कने आहा!पकवान कति मिठो ।।

– सन्तोष सुवेदी
असम, भारत

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.