सृजना सरोवर को जोर गजल

Shreejana, Sarovar,, श्रृजना सरोवर, pallawa, पल्लव

श्रृजना सरोवर

गजल– १,
सबै नै उस्तै हुँदैनन् बिहानी ।
न हुन्छ एकनासको निशानी ।

पवन पनि त चल्दैन एक सुर,
हुरी बतास र हुन्छ घाम पानी।

बिश्वास छैन मलाई स्थिरत्वाको,
फूल झै ओइलिन्छ यो जवानि ।।

 

निष्ठावानको बदलिन्न संकल्प,
न दुख्छ मन न चिसो सिरानी।।

निदाएर देख्दैन ऊ सपनाहरू,
सदृश्य छ खुला आँखाका नानी ।।

गजल– २,
दुर्गम गाउँको बसोबास छ ।
तर सधैं उच्चतम सहास छ।

म उब्जाउन स्क्छु खाद्यान्न,
हरपल उहि सगरकै आश छ।

लाउछु छाप्रो बनाएर च्याउ,
अर्गानिकको छुट्टै मिठास छ।

खपत पछि दिन्छु ब्यापर गर्न,
आम्दानीको श्रोत पनि खास छ।

नबन्ने परजीवि म संकल्प मेरो,
स्वावलम्वी भै रहने बिश्वास छ।

सृजना सरोवर,
उदयपुर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.