नम्रता उप्रेतीका मुक्तकहरूः

Namrata, Uprety, नम्रता उप्रेती, pallawa, पल्लव

नम्रता उप्रेती

मगमगाएन वास्ना आज धुप त्यस्तै भो !
उदाङ्गै छ मन सबै गुपचुप त्यस्तै भो !!
जसो गरे, जे जे गरे म त तिम्रै प्यारी,
श्रृङ्गार पटार गर्नै पाईन रूप त्यस्तै भो !!

हिमाल झैँ अटल प्यार किन झुक्न थाल्यो !
थाहै पाईन कसरी हो गाँठो फुक्न थाल्यो !!
उहि याद, सम्झनाले लगातार सताउँदा,
बर्षे भेल नयनबाट झर्दाझर्दै सुक्न थाल्यो !!

 

बिर्सीमाया अब अर्कै सित लाए हुन्छ !
सम्बन्धको उतैतिर मित लाए हुन्छ !!
यस्तै नियम बनाउन ईश्वरलाई भन्छु,
प्यारमा धोका खानैपर्ने गीत गाए हुन्छ !!

बाटो लाग्दा अवरोधका रोक धेरै भए !
कता जाउँ अल्मलिए चोक धेरै भए !!
जान्ने बुझ्ने समाजलाई के भन्नु र खै,
सम्झाउने र अर्ति दिने लोक धेरै भए !!

च्याट्ट परी सजाएर लगाएन कि उस्ले !
साँझ विहान मिलाएर खाएन कि उस्ले !!
छिट्टैफर्कि आउ है भन्दै मुग्लानको ठाउँमा,
खबर लेखी पठाएको पाएन कि उस्ले !!

आँखाले हैन तिमीलाई मनले हेरी सके !
भाग्लाउ भनि वरि परि बारले घेरी सके !!
कसै गरे पनि भाग्न सक्दैनौ नि सानु ,
भित्र भित्रै अंगालोमा पुरै बेरी सके !!

बैस झर्यो झर्यो यौवन जीवन झर्यो आज !
नजिक तान्यो उति पर खुशी सर्यो आज !!
रीस, राग, क्रोधी मनले निकालेर बीष,
जिउने नाममा आफैँलाई डस्न पर्यो आज !!

“नम्रता उप्रेती”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.