‘नारी’

Spread the love
Pathak, Prakash, प्रकाश पाठक, pallawa, पल्लव

प्रकाश पाठक

दुई अक्षरले बनेको
नारी एउटा शब्दमा
मैले संसार अडेको छ
भन्न नपाउँदै यो पुरुषप्रधान समाजमा
बिरोधको जमात खडा हुन्छ
अस्मिता लुटेर बहादुरी सम्झिने
यी बहादुरहरूको बिचमा म कसरी
वर्णन गरु बुद्ध ,भृकुटी ,सीता,
पृथ्वी ,देवकोटा इत्यादि जन्माउने नारीहरूको…!

पति संगै जलेर सती पनि गएकी हुन्
कति आन्दोलन र जनयुद्धमा शालिक –

 


पनि बनेकी हुन्
एक छाक त्यो पनि निस्तो गाँस निलेर
मेलापात,घाँसदाउरा,कुलोकलेसो पनि
पुगेकी हुन्
नारी अशक्त होइनन् हे पुरुष
नारी त पछि हटेर तिमीलाई अघि
बढ्ने अवसर दिएकी हो

बिहे गर्नु अगाडि
दाइजोमा सम्झौता हुनुपर्ने
तिमीले के सोच्यौ
नारी बजारको खेलौना ?
सोच त यदि कुनै पनि नारी ले बिहे नै गर्दिन
भनि भने के होला यो संसारको हाल….!
रामायण,भागवत गीता,पुराणहरूमा
वर्णन नगरिएकी नारी त्यी रामायण,भागवत गीता,
पुराणहरू भन्दा पनि शक्तिशाली छे

बुद्ध छोरी बनेर
फेरि पृथ्वीमा आउने प्रयत्न सयौं फेर
असफल भएको छ तीन महिना नपुग्दै गर्भमा नै
भृकुटी,सीता पनि उस्तै समस्या मा छन्
र भन्छन् यो देशमा गर्भपतन को कारणले
अझै कति फेर मर्नु पर्ने हो गर्भमा नै ?

नारीको बुद्धि घुचुकमा हुन्छ
त्यो पनि कपालले छेकेको हुन्छ भन्ने यो
समाजमा एकदिन यी पृथ्वी आफैं प्रकट भएर
चर्को स्वरमा भन्ने छिन्
म पनि एउटा नारी हुँ ।

– प्रकाश पाठक
शिवराज– २, गौरिहवा, कपिलवस्तु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *