बहरबद्ध गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

बढ्दा सधैं व्याकुलता मनैमा,
जान्थें स्वयं शान्त कुनै वनैमा ।

के अर्थले सूत्र भिरेर हिड्छौ ?
जातीय झुन्डिन्छ कि यो जनैमा ?

पुर्खाहरू लोभ नराख्नु भन्दथे-
राख्छौ तिमी स्वार्थ सधैं धनैमा ।

 

सड्’घर्षमा जीवन पूर्ण अर्पी –
सत्ता पियौ आख़िर यौवनैमा ।

उत्साहका साथ बनेर योद्धा-
भो प्राप्ति चाँडै पनि जीवनैमा ।

छन्द : इन्द्रवज्रा
बहर : हजज मुसम्मन अखरव मक्बुज अबतर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.