गजल

Spread the love
Yogendra, Dhakal, योगेन्द्र ढकाल, pallawa, पल्लव

योगेन्द्र ढकाल

कुनै दिन तिम्रो त्यो सिउँदोमा,सिन्दुरको धर्को होला!!
खुसी हुन्छौ आगनीकै,छेउमा बस्ने पनि अर्को होला!!

आउन सक्दिनँ त्यतिबेला म तिम्रो सामु मेरी मायालु!!
धेर्‍रै बझ्छ नौमती बाजा अनी, धुन पनि चर्को होला!!

आए पनि म केही बोल्दिन कसैसँग सके मौन बस्छु!!
मेरा प्रेमील शब्दहरूले गर्दानै तिमी लाई झर्को होला!!

 

हो तिमीले मतिर हेर्दा पनि हेर्दिनौ थाहा छ्नी मलाई!!
निहूर्‍री रहन्छौ तिमी मुहार ढाक्ने एउटा बर्को होला!!

नौमत्ती बाजाको धुन संगै ,तिमीलाई लैजाने बेलामा!!
मेरो लास बोक्ने खोलीसम्म, मलामीको लर्को होला!!

योगेन्द्र ढकाल।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *