गजल

Spread the love
Anita, Bhandari, Paudel, अनिता भण्डारी (पौडेल), pallawa,पल्लव

अनिता भण्डारी (पौडेल)

(नारी तिमी हारेकी छैनौ)
नारी तिमि जीवनमा हारेकी छैनौं
आफ्नो लागि आँशु झारेकी छैनौं

संधै कमजोर नै छौ ठान्छन पुरुषहरू
घोच्छन हरेक शब्दमा खारेकी छैनौं

आधुनिक समाजको अपेक्षा राख्छ्यौ
र पनि धोकाको भुमरीमा पारेकी छैनौं

 

बिरालाका चाल र सतर्कता जीवनभर
चित्त दुखाई आबेगमा भागेकी छैनौ

अस्वस्थ र पीडाले छटपट्टिदा पनि
घरधन्दा र कर्तब्य यसै टारेकी छैनौं

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *