सुमन सनम घिमिरेका पाँच मुक्तकः

Spread the love
Suman, Saman, Ghimire, सुमन सनम घिमिरे , pallawa, पल्लव

सुमन सनम घिमिरे

संख संगै मलामिहरूको ताती हुन्छ होला
तिमी नभए तिम्रा याद साथी हुन्छ होला
मलाई भेट्न तिमी मुस्कुराउदै आउनु
आँसु पुछ्ने सुमन चिता माथी हुन्छ होला

केही चाहिदैन चिनो मायाको आस दिनु
धेरै टाढा हुँदा मलाई थोरै बिश्वास दिनु
यदि तिम्लाइ म बाट टाढिनु पर्‍यो भने
जहर घोलेर मार्नु अनि हरियो बाँस दिनु

 

उनिलाइ तरबार मलाई धार बनायर होला
मायाको पनि विभिन्न प्रकार बनायर होला
अचेल श्रीमतीले नै श्रीमानको हत्या गर्छन्
माया लाई नै पैसाको व्यापार बनायर होला

मान्छे होस् या परिका मनै पर्दैन
साच्चै जगत भरिका मनै पर्दैन
माया हो या कुनै बिकाउ बस्तु
मूल्य अनेक थरीका मनै पर्दैन

अचेलको मान्छेको मलाई आस लाग्दैन
त्यो पत्थरको देवता पनि खास लाग्दैन
जब प्रेम कै निम्ति ज्यान जान्छ कसैको
अनि मुर्ति होस् या भगवान बिश्वास लाग्दैन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *