गजल

Spread the love
Anchal, Bantawa, Anchal, अन्चल बान्तवा अन्चल, pallawa, पल्लव

अन्चल बान्तवा अन्चल

एउटा कहानी भरिएको फोटो भेटियो
बालाई बचाउने छोरिको धोको भेटियो

बन्धक लाई भोकै मार्ने योजना सहित
जहाँ कानुनको अचम्मकै कोठो भेटियो

एस्तो खबर सुनेपछी छोरिको मन रुदा
बालाई दूध खुवाउने मन चोखो भेटियो

 

उच्श्रीन्खल तस्बिर होइन जानिराखौ
हो ममताकि खानी छोरी सोझो भेटियो

तेत्रो महिना सम्म बा लाई दूध खुवाउने
छोरी हेला गर्छौ?कहाँ खै छोरो भेटियो?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *