हेमराज पोखरेल का केही मुक्तकहरू

Spread the love
Hemraj, Pokharel, हेमराज पोखरेल, pallawa, पल्लव

हेमराज पोखरेल

(१)
कोआफन्त को पराई चिन्नु थियो मलाई
बन्दकी को गैरी खेत छिनु थियो मलाई
रहरले होइन पासपोर्ट बोकि पसिना बेच्न हिडेको
आमाको चोली बाबाको दवाई किन्नु थियोे मलाई ।।
(२)
पासपोर्ट बोकि परदेशिने मेरो कुनै रहर थिएन
पसिना को मुल्य बुज्ने देशमा कुनै शहर थिएन
दिनैपिच्छे दैलोमा साहु खउँला कि झै गरि आउँदा
बाँचेर नि बाँचे जस्तो भको कुनै प्रहर थिएन ।।

 


(३)
जति रुने रोइसक्यौ अब रुन पार्दिन आमा
दुख पिढा म सहन्छु अरुतिर सार्दिन आमा
झस्किन्छौ रे दिनैपिच्छे रातोबक्स एयरपोर्ट झर्दा
कायर भइ म आफुले आफैलाई मार्दिन आमा।।

हेमराज पोखरेल
मालारानी ३अर्घाखाँची

One thought on “हेमराज पोखरेल का केही मुक्तकहरू


Leave a Reply

Your email address will not be published. Required fields are marked *