बहरबद्ध गजल

Himal, Oli, Prithakmanchhe, हिमाल ओली `पृथक मान्छे´, pallawa, पल्लव

हिमाल ओली `पृथक मान्छे´

दुखाएर छाती सताएर के भो
सदा याद मात्रै पठाएर के भो।

तिमी भन्दछौ आँशु झारेर आफै
कठै ती परेली बगाएर के भो।

बिचारा सिरानी म रोएँ भिजाएँ
लगाएर माया नपाएर के भो।

 

जलेको छु आफै चितामा बसेर
तिमीनै समीपै नआएर के भो।

मरेको मलाई सधैं देख्नलाई
मनैमा पराई सजाएर के भो।

छन्द: भुजङ्गप्रयात, बहरे मुतकारिव मुसम्मन् सालिम ।
सूत्र : ISS, फऊलुन् × ४
हिमाल ओली `पृथक मान्छे´
बाँसगढी– १, बर्दिया ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.