दिपेश किशोर भट्टराई का तीन गजल

Spread the love
Dipesh, Kishwor , Bhattarai, दिपेश किशोर भट्टराई, pallawa, पल्लव

दिपेश किशोर भट्टराई

गजल– १,
मलाई आफ्नो मान्छे भन्न घिनाएको भुल्दिन म।
फलानोको नोकर भनी चिनाएको भुल्दिन म।

अरु भन्दा गरिब थियौ बाबा आमा सारै रोगी।।
पढ्छु भन्दा घाँस दाउरामा हिनाएको भुल्दिन म ।

आफ्ना भन्ने आफन्तीले म गरिबको फाइदा उठाइ।।
पिट्दै पिट्दै कोदो, फापर पिनाएको भुल्दिन म।।

 

कैद छन यो मनमा अझै अतित अनि सबै दु:ख।।
सामन्तीले बाल हक हरू छिनाएको भुल्दिन म ।।

प्रयास गरे के हुन्न र आज जे छु प्रयास कै फल ।
सुख मिल्दा दु;खका ती दिनआएको भुल्दिन ।।

मलाई आफ्नो मान्छे भन्न घिनाएको भुल्दिन म।
फलानो को नोकर भनी चिनाएको भुल्दिन म।।

गजल– २,
जुठा भाडा धुदै धुदै पढेको हो भन्दै थियो
पिटाइ खाइ आँसु चुँदै चुँदै पढेको हो भन्दै थियो ।

मलाई खाते नाम लिदै बोलाउथे मानिस हरु ।
अपहेलित हुँदै हुँदै पढेको हो भन्दै थियो ।

बाबा आमा कोहि छैनन,मन्दिरको छेउमा बसि ।
आगन्तुकको खुट्टा छुदै छुदै पढेको हो भन्दै थियो।

हिजो सम्म नाम थिएन आज नाम र दाम पनि छ ।
पिटाइ खादा रुँदै रुँदै पढेको हो भन्दै थियो ।।

गजल– ३,
उता छोरा परदेशमा स्वास्नि मै दास भएको छ ।
घरमा आमाको हालत चै ज्युदो लास भएको छ ।।

नौ नौ महिना कस्ट सहि जन्म दिने माता भन्दा ।
धन र सम्पत्ति अनि श्रीमति नै खास भएको छ।

गरिब आमा बाबा घरमा खालिपेट सुतेको छन।
छोरा बुहारीलाई मोजमस्ती बारै मास भएको छ।।

पढ्नलाइ भनी बा आमाले घर बेचेर परदेश पठाए।
आज बा आमा भुलेर उस्को उतै बास भएको छ ।।

यो सन्सारमा हेर्ने भने कयौ पाहिन्छ उदाहरण ।
जस्को मातृपितृ धर्महरू सबै नास भएको छ ।।

दिपेश किशोर भट्टराई
इलाम नगरपालिका ८ इलाम

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *