ऋषिराम खनाल का केही मुक्तकहरूः

Spread the love
Rishiram, Khanal, ऋषिराम खनाल, pallawa, पल्लव

ऋषिराम खनाल

सोंच,
चाहन्न मान्छे भगवान ईश्वर
चाहन्न मान्छे जगदीश अम्बर
चाहन्छ मान्छे सपना नदेखन
चाहन्छ मान्छे सवनास देखन ।

नआऊ एताम गलेको बेलामा
आँधी र हूरी चलेको बेलामा
जाऊ समाउ उताको गलामा
बेहोसमा मै ढलेको बेलामा ।

 

यो माटो भाई भाईलाई भाग लाइदैछ
इतिहासमा नमेटिने दाग लाइदैछ
यौटैपाटो गराले पनि गरिखान पुग्थ्यो
अहिले कतै साग कतै आग लाइदैछ ।

छाँगामा झरना सुसाउछ सधै रोएन यो सावन
ज्ञाताले मुरली बजाउछ मिठो मक्खै परे पावन
धर्तीमा जुनघाम उदाउछ छिटो जांदैन टाढा हुन
बैरीका मनमा हुनेछ अमिलो खोज्नेछ सद्भावना ।

हामीले मार्ग आफैँले खोतल्ने गर्नुपर्दछ
अरुको भरमा बाँचिरहेमा बर्बाद गर्दछ
हाम्रै शान् सकियो लुट्योभनि बिपत्ति पर्दछ
मासिन हुन्न यी हाम्रा आस्था धानिनु पर्दछ ।

नयाँ देख्ने चाहनामा मनमा के के भए
हातका औंला भाँच्दा भाँच्दै खिइएर गए
अझै नयाँ कस्ता होलान् यो माटोमा रम्ने
भाँचिएला बुच्चै औंला लामो आयु रहे ।

ढाँटेर बोल्ने अघि सर्दछन् सधै
ढाँट्दै नढाँट्ने पछि पर्दछन् सधै।
सोझा सिधाका मनमा सधै सधै
ढांट्ने हरुले मुनि पार्दछन् सधैं।।

यो जीवनले खोजेको कुनै खास आएन
छताछुल्ल भएर कुनै नौलो ह्रास आएन
हजारौं चोटसहेर भौतारिदा बिपत्ता अहं
यो मनभरिको रहरिलो मधुमास आएन ।

गफसप गरि बस्दा छिप्पियो रातधेर
तबत मन रमायो आज यो त्यो सबेर
जबयस धरणीमा दर्भिलो घाम लाग्यो
नवकिरण उदायो सासको आश जाग्यो ।

यो माटोमा जालो फिंजिएर बस्दैछ
यहि माटोमा लम्केर झम्टेर डस्दैछ
फेरिएन कुनै कालो न जालो यहाँ
ईमानका गलामा फन्फनी कस्दैछ ।

मेलापात गरेर खान कहर छ हामीलाई
दिनरात एकै यो हर प्रहर छ हामीलाई
लैजाउ प्याला हातसमाई तिम्रासुखी गाउँमा
जीवनभरि सुखकाट्ने रहर छ हामीलाई ।

भोका अघाए पनि धर्म लाग्दछ
ती मन् रमाए यति पाप भाग्दछ
भोका हरुका मनमा खुसी हिंडे
यो सृष्टिसारा अनिकाल जाग्दछ ।

यी हिमाली नदीनाला बहदैन यहाँ अब
कसैगरि सिमा नाका कहंदैन यहाँ अब
भताभुङ्ग भयोमाटो नेपाल यो हराभरा
गलेको यो धुलो माटो रहंदैन यहाँ अब ।

शुभप्रभात
नौलो सुनौलो हिजपो थियोनित
रोगी भयो यो भुमि आज सोभित
ढाक्यो ढकायो सब ठाउँ बादल
यो ठाम बन्यो बिलिनो हलाहल ।१।

धेरै अघाए पछि मान बड्दछ
मेसो बिघारे पनि सान बड्दछ
जे भो प्रतिष्ठा ममता छ पूर्ण छ
फापेछ तिम्रा स्वभिमान दंग छ ।२।

मान्छे हजारौं तर भेद भिन्न छ
ती संग यस्ता मतभेद चिन्नु छ
लागौं न हामी अबदेश बिकास
जागौं दिलाऔं सब ठाउँ निकास ।३।

– ऋषिराम खनाल,
चोरमारा, नवलपुर ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *