विनता भट्टराई का जोर गजल

Binta, Bhattai, विनता भट्टरार्इ, pallawa, kNnj

विनता भट्टरार्इ

गजल– १,
कहिले तिम्रो त कहिले मेराे पालि आउँछ।
चाैतारामा फूल राेप्न त नयाँ मालि आउँछ।

कति काेरिए भुलैमा आपत्तिका रेखा कठै
सित्तै नकाेर भाग्यदाता नत्र गाली आउँछ।

सिङ्गो भूमि मेराे नाममा भनी हिँड्ने गुण्डाकाे
आँखा अनि खुट्टा फाेर्न ठुलै झाली आउँछ।

 

जिन्दगी लामाे जिउनु छ आजै हार नखाउ
पिरकाे सट्टा पड्काउन अब जाली आउँछ।

रुपियाँकाे साटाे रुपियाँ माेलकाे साटाे माेल
हारजितमा बजाउन साँच्चै ताली आउँछ।

गजल– २,
संयाेग अचम्मको उछिट्येका दाँतहरूकाे।
ढुङ्गामा अनायास बज्रिएका लातहरूकाे।

डाँफे मुना बसाइँ सरे शिशिरकाे पछि
बेजाेड भाे चर्तीकला गिद्दका मातहरूकाे।

जम्का भेटमा मुस्कुराउँ छ साँझकाे प्रकृति
अन्धकार ल्याउने जिम्मा सबै रातहरूकाे।

मुस्कुराउनु ,अाेइलिनु हाे फूलको स्वभाव
उजाड्नुमा तल्लीन भमराका जातहरूकाे।

हारजीत कस्काे हाे कुन्नि दाैडिरहन्छन् सबै
भविष्य के! थाहा जाल बुन्नेका हातहरूकाे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.