एकल यात्री का केही मुक्तकहरू

Sujan, Khanal, सुजन खनाल, pallawa, पल्लव

सुजन खनाल

फुल्नै नपाई झर्नुपर्ने कस्तो नीति हो यो?
पल भरमा नै हर्नुपर्ने कस्तो नीति हो यो?
जिन्दगीको सिद्धान्त अझै बुझ्न सकिएन,
तड्पीतड्पी मर्नुपर्ने कस्तो नीति हो यो?

कल्पनामा हैन यहाँ बचनले प्रहार गर्छ,
ढुक्कसँग मनमुटुमा कफनले प्रहार गर्छ,
आजभोली यदाकदा खै कसरी बोलिन,
जुन बोली सुरुमा बच्पनले प्रहार गर्छ ।।

 

किन आज शून्य लाग्छ ~संगीतको त्यो धुन पनि?
किन देख्छु अन्धकार ~आकाशको त्यो जुन पनि?
लाग्थ्यो मलाई बच्पनमा ~हिरा मोति महँगो रहिछ,
किन आज सस्तो लाग्छ ~महँगा त्यी सुन पनि ?

साच्चै जीवनमा बाजि मार्ने उपाय बताईदेउ,
कि त स्वतन्त्र जीवन जिउने निकाय बाताईदेउ,
मेरो मात्रै एकतर्फी मायाले हुदैन ए प्रिय मान्छे,
तिम्रो त्यता के छ प्रेमिल मनसाय बताईदेउ।

सर्वप्रथम त्यो मनको पिर हटि जाओस् !!
पिर हटेन भनेपनि तक्दिर हटि जाओस् !!
म यहि प्राथना गरिरहने छु भगवान सङ्ग,
हर समय दुखको जन्जिर हटि जाओस् !!

जिन्दगीमा कोई कसैको पिर नभए,
पिर सङ्गै मुटुमा त्यो तक्दिर नभए,
अन्तै प्रेमको प्याला जमाउथेँ होला,
मेरो मनमा तिम्रो त्यो तस्बिर नभए।।

गर्छु प्रेम भनेर छानिनौ र त दिक्क लाग्छ,
प्रेम गर्न जान्दै जानिनौ र त दिक्क लाग्छ,
दुई मुटु एक धड्कन भएपछी पनि हाम्रो,
मेरो केही कुरा मानिनौ र त दिक्क लाग्छ।

देशको सिमा मिचिएको पत्तो छैन सरकार?
तराईका भुमी खिचिएको पत्तो छैन सरकार?
अरे यति धेरै देशको रक्षक हुदाहुदै पनि,
नेपालीपन थिचिएको पत्तो छैन सरकार?

जीउँदै थिए जीवन ढलेको पत्तै भएन,
चिता माथी शरीर बलेको पत्तै भएन,
तिमिबिना एकपल बस्न सक्दिन भन्नेले,
बाटो अन्तै मोडी छलेको पत्तै भएन ।।

हो तन लिएर गई अनि मन लिएर गई,
बेचिएका आशुहरुको धन लिएर गई,
पहिले पहिले निस्वार्थ प्रेम गर्छु भन्थी,
आज आखिर मुटुको धड्कन लिएर गई ।।

अलि अलि पिउने बानी भो,
तिमी सङ्गै जिउने बानी भो,
सदैब यसरी नै सताउनु तिमी,
फाटेको मन सिउने बानी भो ।।

एकल यात्री (सुजन खनाल)
घर धादिङ्ग
हाल काठमाडौं

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.