याद आयो,

Spread the love
Sita, Seeta, Pant, Kandel,सिता पन्त कँडेल , pallawa, पल्लव

सिता पन्त कँडेल

आज किन अनायासै,अतितको याद आयो,
क,ख,ग,घ बार्ह्रखरी रटिराको याद आयो
खाना खाई हतार हतार कहिले पुगौ स्कुल भनि
गुरॉसको शितल खोज्दै हिडिराको याद आयो

चर्को घाम पानीको प्यास ऊकालोको थकान त्यस्तै
बज्नै लाग्यो १० भन्दै लम्किएको याद आयो
कॉहा पाऊनु खाजा खर्च रोटी मकै घरकै खाजा
कहिले होला हाफट्याम भन्दै पर्खि़एको याद आयो

 

सफलताकै बज्थ्यो ताली लगनसिलताकै होला कडी
देऊसि भैलो तिहारमा खेलेका पल याद आयो
निधार अनी गाला भरि लाउदै टीका अविरको
अझै राम्रो गरेस् भन्ने गूरु हरुको याद आयो

कापि कलम फूल्टिन मसि ईन्टर मिन्टर बक्स प़नी
“बा आमाको खुसि सित रमायको याद आयो
कता पुगे साथी संगी कता होलान् गूरुहरु
सत्मार्ग र सुबिचारको काम आऊदा याद आयो

समयको परिक्छ्या हलमा जिवनको परिक्छ्यार्थी भै
परिक्छ्याको यो पलमा, त्यही अतितको याद आयो…..!!

बोनसमा दुर्इ मुक्तकः
मजबुरिमा बाचेको छु तेतिसारो भन्छेऊ किन ?
विवशछु भन्ने जान्दाजान्दै अबुझ बन्छेऊ किन?
नभोगेको धेरै कुरा सिकाएको छ यो पास्पोर्टले
कमलो छ तिम्रो मुटु छोड जिद्दी सुन्छेऊ किन?

तिम्रो जिवनमा संधै खुसिको बहार छाओस्
कर्तव्य र लगनशिलतालाई कहिल्यै नभुल्नु
त्यो नै प्रगतिको पहिलो खुड्क्लो हो !
जन्म दिनको धेरै शुभकामक़ना छोरी !!

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *