बहरबद्ध गजल

Husain,Khan,  हुसैन खाँ, pallawa, पल्ल

हुसैन खाँ

जिन्दगीमा गर्नु पर्ने काम बाँकी छ अझै
यो जगतमा चिन्नु पर्ने नाम बाँकी छ अझै

भेटिएको त्यो पुरानो ठाम बाँकी छ अझै
गौधुलीको एक मुट्ठी घाम बाँकी छ अझै

देखिएका घाउ सारा मेटिएकाछन् तर
शव्दबाट पीटिएका डाम बाँकी छ अझै ।

 

वाटिकामा आगमन भो बल्ल मीठो वायुको
मञ्जरीको फूल बन्ने याम बाँकी छ अझै

पालिएका भ्रष्ट अवसरवादको अवशेषले
देशको छानो उडाए थाम बाँकी छ अझै

जिन्दगी सङ् यत्ति धेरै पो गुनासो छन् किन?
हाथ जोडी हिड्नु पर्ने धाम बाँकी छ अझै

प्यासलाई मेंटिने सागरहरू सूके “हुसैन”
आखिरी पलमा पिएको जाम बाँकी छ अझै।।

बहरे रमल मुसम्मन महजूफ
SISS x ३ + SIS (२१२२×३+२१२) मा आधारित ।

हुसैन खाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.