सिर्जना शर्मा का जोर गजल

Spread the love
Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

बहरबद्ध गजल– १,
अनेत्रै सरेछन् हिजो मै हुँ भन्ने
कि खोला तरेछन् हिजो मै हुँ भन्ने

दिलाए भरोसा नमानी नमानी
कता पो मरेछन् हिजो मै हुँ भन्ने

तिमी मग्मगाएर फैल्यौ सुगन्ध
झुठा पो परेछन् हिजो मै हुँ भन्ने

 

दिएथें दिलै यो भरोसा खुबै थ्यो
ति घाती रहेछन् हिजो मै हुँ भन्ने

थियो दम्भ धेरै धनी मै हुँ आज
सफर् मै ढलेछन् हिजो मै हुँ भन्ने

ISS ISS ISS ISS

बहरबद्ध गजल– २,
तिमी छौ र ढुक्ढुक् चलेको छ आज
मुहारै खुसीले बलेको छ आज

हुँदा साथ तिम्रो छुदैनन् कसैले
डराएर दुस्मन् ढलेको छ आज

ती आँखा दुबैको बनाएर नानी
र मान्छे रिसैले जलेको छ आज

मिले मन् दुबैको कहाँ चल्छ कस्को
जता जाउ आलू फलेको छ आज

छ यो सिर्जनाको खुबै प्यार साथी
नभन्नू कसैले छलेको छ आज !!

ISS ISS ISS ISS
सिर्जना शर्मा
रुकुम ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *