बहरबद्ध गजल

Spread the love
dr.Pradeep, Kumar, Pradip, Mainali, डा. प्रदीपकुमार मैनाली, pallawa, पल्लव,

डा. प्रदीपकुमार मैनाली

नभन्नू कसैलाई बताउने तिमी नै
कुरा यै सबैलाई पठाउने तिमी नै

हुँदै हुन्न भन्थ्यौ कसोरी भयौ त?
जुधाउने तिमी नै बझाउने तिमी नै

सुहाउँने छ बोटमै नटिप्नू ल भन्थ्यौ
तिनै फूल शिलामा चढाउने तिमी नै

 

कहिल्यै नपर्नू नजरबाट ओझेल
अह्राउने तिमी नै हराउने तिमी नै

कहाँ हुन्छ ढुक्ढुक भनी सुम्सुम्याउँथ्यौ
त्यहीँ आज नुनचुक लगाउने तिमी नै

सूत्र: 122 122 122 122

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *