गजल

Spread the love
Sharmila. Shrestha. शर्मिला श्रेष्ठ, pallawa, पल्लव

र्मिला श्रेष्ठ

प्रेममा पागल भएर मर्न नखोज
आवेसमा आई पहरा झर्न नखोज।

वैंशको दोष भन्छन् अनुभवी मानिस
प्रेमको सागर् मा डुबी उतर्न नखोज।

अभिभावक तिम्रै भर् मा जीवन साच्छन्
वेसहारा, वेवस रङ्ग भर्न नखोज ।

 

अमूल्य जीवनको महत्व बुझ्नु छ है!
यथार्त नै भुली अनन्त सर्न नखोज ।

दुबो सरी मौलाउनु छ शत्रुको अघि
नकारात्मक् ,विनासी विऊ छर्न नखोज।

शर्मिला श्रेष्ठ(ललितपुर)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *