रामकुमार श्रेष्ठ’फुच्चे’ का जोर गजल

Spread the love
Ram, Kumar, Shrestha, Fuchche, रामकुमार श्रेष्ठ "फुच्चे", pallawa, पल्लव

रामकुमार श्रेष्ठ

गजल– १,
प्रविधीको नाऊमा मेरोदेश माटोको चूलो बनाउछ।
गर्छौ कृषिक्रान्ती भन्दै खेतमुनी कुलो बनाउछ।।

बिकल्पमा जमिनमुनी रेल कुदाऊछन छिमेकीले,
मेरोदेश सडकविस्तारको बाहानामा धुलो बनाउछ।

बैज्ञानीक युगमा हामी पढ्छौ गुन्द्रुक पकाऊने विधी,
संस्कारअगाल्न अझै ऊ टाउकोमुडुलो बनाउछ ।

 

बुझ्दैनन यी मान्छेहरु धेरै पछाडी छौ भन्नेकुरा,
र पनि सदैब आफुले आफैलाई ठूलो बनाउछ।

मदिरा पिउनेहरु पनि निर्धक्क पिएका हुनेछन,
जब सरकार ऐन नियम कानुन लूलो बनाउछ ।।

गजल– २,
अपरेशन सकेर कैची भित्रै छोडी सिईरहन्छ डक्टर।
मरेपछि बचाऊछु भन्दै अक्सीजन दिईरहन्छ डक्टर।।

जीन्दगीको सवाल छ अन्तिम क्षणमा छ बिरामी,
र पनि खै किन नीजी क्लीनीक दौडीईरहन्छ डक्टर।

दुई छाक टार्न धौ धौ हुनेहरु जब अस्पताल भर्ना हुनेछन,
उल्टै उसैको श्रम र पसिना दिनहु पिईरहन्छ डक्टर।

आई सि यू मा राखेको महिनौ भो थाहा छ ज्यूदो छैन मान्छे,
उपचारको बाहानामा लाखौ करोडौ लिईरहन्छ डक्टर।

टाउको दुख्दा पेट चिरिनेछ थपिनेछ पिडा बिरामीलाई,
जबसम्म मुलुकमा यी र यस्तै गरि जिईरहन्छ डक्टर।

# रामकुमार श्रेष्ठ’फुच्चे’
सूर्यपाल,लमजुङ
हाल-मलेसीया

Leave a Reply

Your email address will not be published. Required fields are marked *