जवरजस्ती मन पराउनु राम्रो होइन
यथार्थ नजानी सताउनु राम्रो होइन
मेरो औकात छैन महङ्गौ प्रेम किन्ने
प्रेमको मूल्य दोहोर्याउनु राम्रो होइन
धर्तीको धुलोलाई स्वर्गकी अप्सराले
धुलो, महीलो अपनाउनु राम्रो होईन
बुझ्न नसक्ने अबुझ महामूर्ख लाई
छाड सम्झाउनु, बुझानु राम्रो होइन
मलाई त्यो घरमा बास पाइदैन भने
भरिपूर्ण घरमा अटाउनु राम्रो होइन
दिवश क्षत्री श्रीकोट
