शाश्वत काव्य महोत्सवमा स्थानिय साहित्यकारहरूलाई उपेक्षा

Spread the love

arjun, abiral, अर्जुन अविरल, pallawa, पल्लव

अर्जुन अविरल

शाश्वत धाम दुम्कौली , नवलपुरमा सञ्चालित काव्य महोत्सवमा नवलपुर र चितवनका राष्ट्रिय स्तरका कविहरूलाई उपेक्षा गरिएको छ । चितवन र नवलपुरका राष्ट्रिय स्तरमा चिनिएका साहित्यकारहरूलाई खबर नगरिएको र उपस्थित भएका चितवन र नवलपुरका राष्ट्रिय स्तरमा चिनिएका कविहरूलाई उपेक्षा गरिएको पनि भेटिएको छ । काव्य महोत्सव फाल्गुण १२ र १३ मा भनिए पनि नवलपुरका साहित्यकारलाई भने १३ गते मात्रै खबर गरिएको थियो । विभिन्न जिल्लाको भनिए पनि राजधानी काठमाण्डौंसँग जोडिएका केही कवि र सिमित व्यक्तिहरूको चिनजानलाई मात्रै बोलाईएको आरोप चितवन र नवलपुरका कविहरूले लगाएका छन् ।

 

चितवनका केही कविहरू बहिष्कार गरेर फर्केपछि नवलपुरका प्राय सबै कविहरू आफूहरूलाई गरिएको उपेक्षाले बहिष्कार गर्ने निर्णयमा पुगेका थिए तर गोविन्दराज विनोदीको आग्रहमा कार्यक्रम हेरौं , सुनौं भन्ने निर्णयमा पुगेका थिए । राजधानी र अन्य ठाउँबाट आएका सहित नवलपुरका २ कवि गोविन्दराज विनोदी र भूपेन्द्र शर्मा भट्टराईको नाम मात्र ३६ जना भित्र समावेश गरिएको रहेछ । शाश्वतधाम परिसरमा बसेर धामकै बारेमा कविता रचना गरी वाचन गरिने र तिनै रचनालाई पुस्तकका रुपमा संकलन र प्रकाशन गरिने भनेर खबर गरिएको भए पनि नवलपुरका विनोदी र गण्डर्षि बाहेक अरूले शाश्वत धामको वारेमा कविता लेखेनन् र सुनाएनन् । अरू नै विषयका कविताहरू सुनिए । यसरी हेर्दा जुन उद्देश्यले शाश्वत काव्य महोत्सव गरिएको थियो त्यो भने असफल भएको देखिन्छ । निर्धारित ३६ जनामा नवलपुरका होनाहार कविहरू छुटेपछि ३ जना थप गरिएको थियो त्यैपनि राष्ट्रिय, अन्तराष्ट्रिय रूपमा चिनिनु भएका महाकाव्यकार कृण्णादेवि शर्मा, सदानन्द अभागी, छन्दमार्गी कवि लोकनाथ खरेलले स्थान नपाउनु भनेको नवलपुरको लागि अत्यन्त दुखद् हो । ती बाहेक नवलपुरका दर्जनौं स्रष्टाले शाश्वत धामकै बारेमा कविता लेखेका थिए, तर कसैले सुनाउन पाएनन् । कि त राष्ट्रिय स्तरमा ख्याती कमाएकाको वाचन हुनु पर्थ्यो कि त श्रोताको रूपमा निमन्त्रणा गर्नु पर्थ्यो भन्ने गुनासो उपस्थित नवलपुर र चितवनका साहित्यकारहरूको थियो । कार्यक्रममा अमृता नेपाल (हेटौडा), प्रोलास सिन्धुलिया (काठमाण्डौं), राधेश्याम लेकाली (इलाम) , सुमन स्मारिका (कैलाली) , निमेष निखिल (हेटौंडा), डा. चैतन्य अधिकारी (पोखरा), नरेन्द्र बहादुर श्रेष्ठ (काठमाण्डौं), गोविन्दराज विनोदी (नवलपुर), उमा सुवेदी (झापा), सुदेश सत्याल (तनहुँ), भूपेन्द्र शर्मा भट्टराई (नवलपुर), असिम सागर (अर्घाखाँची), वसन्त गौतम (पोखरा), उषा शेरचन (पोखरा), विजय वजिमयी (पोखरा), ईश्वर कंडेल (चितवन), गिता कार्की (भोजपुर), प्रज्जवल अधिकारी (लमजुङ्ग), किशोर पहाडी (काठमाण्डौं), दीपक सोती (नवलपुर) , लिला अनमोल (झापा), धनराज गिरी (चितवन), गिता मैनाली (बारा), भूपिन (चितवन), विवेक ओझा (कैलाली), जीवन युगीन (नवलपुर), मोमिला (धनकुटा), फूलमान बम (काभ्रे), लिला राना मास्की (नवलपुर), विमल वैद्य (इलाम), राधिका गुरागाइँ (मोरङ्ग), लेखाराम सापकोटा (नवलपुर), अशेष मल्ल (काठमाण्डौं), बाबा बस्नेत (काठमाण्डौं), बाबु त्रिपाठी (काठमाण्डौं), ज्योति जंगल (मोरङ्ग), विश्व विमोहन श्रेष्ठ (तेह्रथुम) , एल वि क्षेत्री (चितवन), तुलसी दिवश (काठमाण्डौं) ले रचना वाचन गर्नु भएको थियो । स्वागतदेखि बिधाई सम्म नवलपुर र चितवनका साहित्यकारहरूलाई उपेक्षा गरिएकोमा साहित्यकारहरू दुखी भएको देखिएको छ ।

<arjunabiral49@gmail.com>

Leave a Reply

Your email address will not be published. Required fields are marked *