मान बहादुर धामीका केही मुक्तकहरूः

Spread the love
Man, bahadur, Dhami, मान बहादुर धामि, pallawa, पल्लव

मान बहादुर धामि

(१)
मलाई जन्माउनु भाको होग मेरी आमाले
अनि हुर्काको हो बढाको हो मेरी आमाले
मेरो बाबा सज्जन र अक्षित भएकाले
बाबालाई शिक्षा दिलाको हो मेरी आमाले
(२)
आफ्नै जिन्दगी आफैलाइ भार लागेको छ!
अनेक थरी रोगहरुको बिमार लागेको छ!!
जुन दिनदेखि म घरबाट बाहिरीएको थिए!
त्यो दिनदेखि आमा बाको प्यार लागेको छ!!

 


(३)
फुलले सुगन्ध छार्छ एक छिनका लागि
बोटलाई सुन्दर पार्छ एक छिनका लागि
समय पनि जिबनको सुन्दर उपहार हो।
मान्छे जन्माउछ,मार्छ एक छिनका लागि
(४)
कहिले हानी कहिले नोक्सानी भइ रहन्छ!
कहिले आगो त कहिले पानी भइ रहन्छ!!
जीवन फूल र काँडा बिचको तुफान हो!
मान्छेबाट गल्ती जानीनजानी भइ रहन्छ!!
(५)
म फूल भए पनि मलाई प्यार नगर!
म काँडा भए पनि मलाई धार नगर!!
यो काँचो माटो मेरि आमाको हो!
माटो लाई कसैले दुर्ब्यवहार नगर!!
(६)
ए मेरी प्यारी कता जादैछु!
लगाएर सारी कता जादैछौ!!
हावाले सारी उडाउला फेरि!
मेरो माया मारी कता जादैछौ!!

मान बहादुर धामिका
काँचो माटो मुक्तक सङ्ग्रह बाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *