नेपाल प्यारो घर…..

Spread the love
Durga, Gyawali, Sharma, दुर्गा ज्ञवाली शर्मा, pallawa, पल्लव

दुर्गा ज्ञवाली शर्मा

बीते दीन हजारौ यो जीवनका यो राष्ट्रका खातिर
लड्दै युद्ध हजार बार रणमा झुकेन मेरो शीर
मृत्युको मुखबाट फुत्कन सके अपाङ्ग रोगी बनी
थापे गोली म वीर झैं तर कतै भागिन लाक्षी बनी

आफ्नै बन्धु स-जातिका शीर उपर ताकेर तीखा तिर
लड्नु के किन ठानदा हृदयले मान्थ्यो अचम्मै पिर
यस्तैमा दिन एकमा गोली लाग्यो मुर्छित भो जीवन
सोझो सत् पदमार्ग भाँचिन पुग्यो दुर्भाग्य आयो किन

 

जीवन हुन्न समान हर-पल सखे! सङ्घर्ष हो जान्दछु
बस्छु चित्त बुझाई अध्-मर् बनी सहिद सरी मान्दछु
मेरो जीवनका कुनै दिनहरु झुक्ने र गल्ने कतई
हुन्नन् पूर्ण बिस्वास राख्दछु यहाँ सुदृढ नै छु अझई

ईज्जत मान सम्मान होस् भनी कतै आँखा रसिलो गरि
हेर्ने छैन सर्कार होस् त अरुको ढोका मगन्ते सरी
मेरो देश बनोस् समुन्नत यहाँ निर्मूल हुन दुष्चर
देख्न पाऊँ म पूर्ण शान्ति सुखको “नेपाल प्यारो घर”

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *