प्रदिप प्रखर पोखरेल का जोर गजल

Spread the love
Pradip, Prakhar, Pokhrel, प्रदिप प्रखर पोखरेल, pallawa, पल्लव

प्रदिप प्रखर पोखरेल

गजल–१,

आउछु भनि ढाँट्ने चलन पुरानै हो
मायाले दिएको त्यो वचन पुरानै हो

जग बसायौ कसैको शिरमा टेकेर
घर पो नयाँ बनायौ आँगन पुरानै हो

जमानाले मुनालाइ आधुनिक बनायो
ल्हासामा बरालिएको मदन पुरानै हो

 

यी रूने नयन पनि पुराना नै हुन
तिमीलाइ खोजिरहने मन पुरानै हो

मेरो मुटूमा खोज तिमी धड्किरहेछौ
यो माया पिरतीको बन्धन पुरानै हो ।।

गजल– २,
मदनले भरोसा मुनामा राख
सक्छौ भने दिलको कुनामा राख

तिम्रो मन चोरेको नै सत्य हो मैले
सके उजुर गरेर नै थुनामा राख

बल्ल सुर्तीको स्वाद चाखौला तिमीले
त्यो काँचो पात मोलेर चुनामा राख

बैनीको हात ज्वाँइलार्इ दिइयो रे
चाहे दिल्ली राख चाहे पुनामा राख

तिम्ले पनि थोरै धर्म कमाउली
अब गौदान गरेर दुनामा राख ।।

प्रदिप प्रखर पोखरेल
रेसुङ्गा न.पा.-१४, पराल्मी, गुल्मी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *