आलस्य महिमा

srijana, aryal, adhikari, सृजना अर्याल अधिकारी‎ , pallawa, पल्लव

सृजना अर्याल अधिकारी‎

मीठा सुन्दर भावना मगजमा आएर घुम्दा पनि
“लेख् लेख् लेख्ँन छिटो भनी कलमले हैरान गर्दा पनि
मेरा हातहरू समाइ यसरी आलस्य आईकन
बिस्तारा तिर लान्छ भन्छ-“अब सुत्” लोरी सुनाईकन

हेरौं पुस्तकमा तथापि उसले आँखा उसै लाउँछ
नौलो क्यै जब हुन्छ फेसबुकमा आएर ब्यूँझाउँछ
धन्दा काम यता बसे कति उसै पर्दैन गर्नै भनी
मोड्यो ध्यान कता कता अधमले मोडिन्न भन्दा पनि

 

कस्तो बेग अहो! रहेछ उसको रोकिन्न रोकिन्न रे
निद्रामात्र हरे! दिएछ उसले छुट्दैन कस्तै गरे
उठ्छन् चारबजे बिहान घरका मान्छेहरू दिन्दिन
आफ्नो मात्र कठै! हरे! शिव हरे! खुल्दैन निद्रा किन?

बज्छन् मन्दिरमा बिहान जहिल्यै शंखा र घण्टाहरू
आफ्ना निम्ति भने सदैव सपना लाग्छन् पियारा बरु
यस्तो लाग्दछ स्वप्नकै नगरमा डुल्दै चहार्दै मरूँ
पाए यत्ति मलाई पुग्छ भगवान्! चाहिन्न केही अरु

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.