गजल

Spread the love
Sirjana, Sharma , सिर्जना शर्मा,  pallawa, पल्लव

सिर्जना शर्मा

मलाई गाडी भब्य महल चाहिएकै होइन
घरको अघि चहलपहल चाहिएकै होइन

कर्म गर्छु सधैभरी यो जिन्दगी चलाउछु
भो जादु मन्तर गर्ने फल चाहिएकै होइन

ऊ भन्छ बाङ्गो टिङ्गो जान्दिन सोझो छु
मलाई मान्छे कुट्ने बल चाहिएकै होइन

 

बाचुन्जेल चोखो प्रेम रहोस् म यहि चाहान्छु
सफरमा बातैपिच्छे बेमेल चाहिएकै होइन

भुलेर दुख कष्ट सदा सदा तिमी मुस्कुराऊ
तिम्रो आखाभरी नुनिलो जल चाहिएकै होइन !!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *