अनिश न्यौपाने “मनको आँखा” का जोर गजल

Spread the love
Anish, Neupane, Manko, Aankha, अनिश न्यौपाने "मनको आँखा", pallawa, पल्लव

अनिश न्यौपाने “मनको आँखा”

गजल– १,
तिरस्कारमा छौ कि आज, प्यारमा छौ
तिमी अझै सम्म पनि दोधारमा छौ

तिमिले नभने पनि म बुझ्न सक्छु
पक्कै पनि कुनै कुराको, मारमा छौ

बाहिर स्वतन्त्र जस्तो देखिए पनि
तिमी आफ्नै मनको, कारागारमा छौ

 

मलाई केही गर्न हौसला दिने तिमी
आज आफै केही नगर्ने, बिचारमा छौ

अनिशले सोच्न समय दिएकै छ त !
फेरि किन यति धेरै, हतारमा छौ

गजल– २,
जति समय लगाउँछौ, शृङ्गार गर्न
त्यति समय नलगाउनु, प्यार गर्न ।

तिम्रो जिन्दगी तिम्रै कारण बर्बाद हुन्छ !
यदि बेलैमा सकेनौ भने, बिचार गर्न ।

लौरिलाई कहिलै पनि बिर्सन प्रयास नगर्नु !
त्यो फेरि पनि चहिन्छ खोला, पार गर्न ।

जब मान्छे आफ्नै नजरबाट गिर्छ नि!
कसैले सक्दैन उसको, उद्घार गर्न ।

तिमिलाई अनिशले प्रस्ताव गर्यो भने
अप्ठ्यारो मान्नु पर्दैन, स्वीकार गर्न ।।

अनिश न्यौपाने ” मनको आँखा ”
जनकपुर – हाल हेटौंडा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *