गजल

Bishal, Adhikari, Aashutosh, बिशाल अधिकारी आशुतोष, pallawa, पल्लव

बिशाल अधिकारी आशुतोष

चिन्दै छु यहाँ कसले कलम बेचेको छ ।
घाउ पार्दै अस्पतालले मलम बेचेको छ ।

बारबार देशको मुहार फेर्छु भन्नेले नै,
परिवारै लत्याएर घर्जम बेचेको छ ।

पिडितलाई पीडा थपि निर्दोषलाई पक्रिएर
काधे फुलि लाउने दाईले सलाम बेचेको छ ।

 

सुनकोशिको बगरसंग आस्था साटेपछि
बहानामा खानी अनि फलाम बेचेको छ ।

म पुजारी, हिन्दुबादी भन्नेहरुले नै
गजुर मुर्ती अधिकतम बेचेको छ

बिशाल अधिकारी आशुतोष
हेटौंडा १४ मयुरधाप

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.