गजल

Seeta, Sita, Panta,, Kandel, सिता पन्त कँडेल, pallawa, पल्लव

सिता पन्त कँडेल

प्रशंग “शहिद दिवस”कोः
किन हो किन मलाई शहीद दीवस आउँदा दु:ख लाग्छ !
शहीदकै अगाडि उन्कै सपना भने जलाउँदा दु:ख लाग्छ !!

स्वार्थ भन्दा माथी उठेर देशकै लागि मरे ति शहीद !!
उनिहरूका पनि थिए जहान कलकलाउँदा दु:ख लाग्छ !!

गर्ने आखिर एऊटै ले हो साथ दिने हामी छदै थियौ नि !
अधिकार मुठ्याऊनेहरूको मन नपलाउँदा दु:ख लाग्छ!

 

शहीदको रगत र पसिनाले नै सिन्चिएको मेरो देश !
लुटेर लिन वैरीहरू अझै चलमलाउँदा दु:ख लाग्छ !!

तिमी लड्छौ कुर्सी पाउन होइन ऊ त देश बचाऊन!
सत्स बोल्दा तिम्रो जिब्रो लरबराउदा दु:ख लाग्छ!!

थाहा छैन र देश रुँदा चुप चाप, टुलुटुलु हेरि बस्यौ!
माल्यार्पण भन्दै शालीकमा फूलमाला लगाउदा दु:ख लाग्छ!

देशको हितमा हुदैन सन्धि खै पारिकै पछि लाग्छौ!
“जेजे वराजु सोहि सोही नाति” कलम चलाउदा दु:ख लाग्छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.