गजल
उठायर डढाउनूहै दैब मेरो सरिर ढल्यो भने
बल्ल मुक्ति पाउनेछू सबै अंग जल्यो भने
बेबारिसे बनाइ मलाई दोबाटोमाँ नफाल्नुहै
दुर्गन्धले तनाव होला किरा परि गल्यो भने
ग़रीबको प्रकाष्ठा चिरफार गर्दै समाजक़ो
खूसीहुँछ आत्मामेरो सबको चुलो बल्यो भने
छोरो मेरो नाबालक छ धर्मपुत्र बनाई पाल्नू
र ठुलै मानव बनाउनू अलि धेरै पढयो भने
ज्ञान छैन अबोध छ चकचक अलि धेरै गर्ला
नपिटनूहै बाबॉ भन्दै छटपटाहटमा चल्यो भने
पिण्डदान चाहीदैन तेस्मैं म खूसी हुनेछू छोरा
हरप्रहर तिमिमा खुसीखूसी जीवन टल्यो भने
मेरो जस्तो दुःख तिमलाई नहोस मेरो छोरा
नमात्तिनू सुख पाय सोचेको फल फल्यो भने
हुनेखाने बुज़्ने भय बल्ल बाबू किरीया गर्नु
नडराउनू आत्मा मेरो भूतप्रेत बनी छल्यो भने

आहा !