सुन्दर वागमा फूल टिपूँ टिपूँ लाग्न थाल्यो
घायल भइ चर्क्यामुटु लिपूँ लिपूँ लाग्न थाल्यो ।
फक्रिएको लूल रै’छ सुगन्धले मनै लुट्यो
गुराँस झैँ गाढादेख्दा खिपूँखिपूँ लाग्न थाल्यो ।
पलासको भान दिन्छ फक्रिँएर मुटु भरि
कोइलीको धून उस्को सिकूँसिकूँ लाग्न थाल्यो ।
बासनामा रङ्गिएको मानवीय चोला हाम्रो
उमङ्गको नौलो फूर्ती झिकूँझिकूँ लाग्न थाल्यो ।
‘देवकी’ले भनेकी थी’खाली हात त बस्नै हुन्न
विकासमा केहीगर्न सिकूँसिकूँ लाग्न थाल्यो ।।
देवकी ढुङ्गाना
