अनिश न्यौपाने “मनको आँखा” का केही मुक्तकहरू

Spread the love

 

Anish, Neupane, Manko, Aankha, अनिश न्यौपाने "मनको आँखा", pallawa, पल्लव

अनिश न्यौपाने “मनको आँखा”

टोड्दिन भन्दा भन्दै पनि टोडेर जानुपर्यो !
नचाहदा नचाहदै बाटो मोडेर जानुपर्यो !
लाखौ पटक उठाउँदा पनि उठ्न नमानेपछी !
मैले बाध्य भइ तिमीलाई छोडेर जानुपर्यो !

झुपडीलाई देखाइदिए , दरबार कहाँ छ ?
दरबारभित्र लुकाएको , हतियार कहाँ छ ?
सरकार घरैमा आएर, मेरि आमालाई सोध्यो !
त्यो ‘अनिश’ आतंकारी मुक्तककार कहाँ छ ?

 

जिन्दगीमा खुशी हुनुपर्छ त्यसरी
रुँदा रुँदै शिशु मुस्कुराउछ जसरी
भो तिमिले अब सिकाउनुपर्दैन प्रिया
मलाई थाहा छ मैले बाँच्नुपर्छ कसरी

यता प्रेमिकाले छोड्छु भन्छे, सुन किन्न सकिन भने !
उता घरमा चुल्हो बल्दैन, नुन किन्न सकिन भने !
अस्पतालको शैयामा छट्पताइरहेकी आमालाई !
डक्टर बचाउन सक्दिन भन्छ, खुन किन्न सकिन भने !

प्रकृतिले सबै दृश्य देखिरहेको छ !
समयले सबै कुरा सुनिरहेको छ !
ढुक्क भएर बस, तिम्रो पनि पालो आउदै छ !
किनकी,यो गोलो पृथ्वी घुमिरहेको छ!

अनिश न्यौपाने “मनको आँखा”
जनकपुर – हाल हेटौंडा
9845433997

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *