विनता भट्टराई का तीन गजल

Spread the love
Binta, Bhattai, विनता भट्टरार्इ, pallawa, kNnj

विनता भट्टरार्इ

गजल– १,
मन अनि आगो उस्तै उस्तै हुन्छ लौन!
बदलाको भावले शिखर चुन्छ लौन!

दुश्मन मार्दिन दु:ख भुलाउनलाई
अपाङ्ग पार्ने रहर यो दिलै छुन्छ लौन!

हिसाब बराबर लगाउन मन भयो
बदलामा थरिथरि जाल बुन्छ लौन!

 

हुनत भाग्यको खेलै यस्तै पो!बन्यो कि
सहारादिने बलवान् मान्छे कुन छ लौन!

अग्नि परीक्षा र आफ्नै अस्तित्वमा डुबी
बिचारधारा ओसिदै तन रुन्छ लौन!

गजल– २,
भासिएका पाइलाका छाप मेटाउनै गाह्रो।
हाँसो पछि उर्लियो रोदन सेलाउनै गाह्रो ।

पहेलि र तर्क भेटिँन्छन् पुराना डायरीमा
नत फ्याक्नु नत समेट्नु भो देखाउनै गाह्रो ।

विरानो हुँदोछ गाउँघर भाग्य खोटो हुँदा
चाल चल्नेका विस्फोट नयाँ छेकाउनै गाह्रो।

बहकिन्छ व्यथा कहिँ आफ्नै सभ्यतामा डुबी
मनका छवि अड्किए टाढा खेदाउनै गाह्रो ।

अधरमै देखा पर्छ यहाँ समस्याको मूल्य
हावा सरि आउँदाछन् खुसी टेकाउनै गाह्रो ।

गजल– ३,
आज अचानक गजल कोर्ने मन भयो।
कडा ती साहित्य लहर फोर्ने मन भयो।

उज्यालो दिनु बलिदान भन्छ जुनकीरी
ढाडस दिँदै प्रियाको मन चोर्ने मन भयो।

निमुखालाई किन नारा लगाउँछन् होला
बलियालाई सोज्याउन आगो जोर्न मन भयो।

अरुकै दोष मात्र किन देख्छन् होला
खोक्रा दिमाग एक्कै चोटि मोर्न मन लाग्यो।

बगाई ल्याथ्यो खहरेले मनमा धमिलो
सफा पारी मनको मैलो सोर्न मन लाग्यो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *