निर्धाकै सपना अपूरा हुन्छन्,
दबिन्छ्न् तिनकै कुरा हुन्छन् ।।
निर्दोष लाग्छ तिनैका मुखमा,
राम र बगलीमा छुरा हुन्छन् ।।
सजाउँछन् नयनहरुले रहर,
त्यस्तै रहर नै अधुरा हुन्छन् ।।
हिडिरहेछु तर बाटाहरु पनि,
किन गल्ली झै साघुँरा हुन्छ्न् ।।
निर्धाकै सपना अपूरा हुन्छन्,
दबिन्छ्न् तिनकै कुरा हुन्छन् ।।
कृष्ण प्रसाईं