अम्बिका कार्की अमु का जोर गजल

Spread the love
Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

बहरबद्ध गजल– १,
भोक नै भयो खाल्डोमा फसाउँने ।
लोभले बनायो सारा गलाउँने ।

जानु पर्छ छोडेरै प्राण वायुमा :
कर्म त्यो गरौं देखेरै रमाउँने ।

शब्दमा तिखो बोली गर्नुहुन्न है :
व्यबहारले हो आफ्ना बनाउँने ।

 

चुड्छ राज तेरो मेरो गरे आखिर् :
लोकमा छ अर्को ज्योती जगाउँने।

बैगुनी भएरै बस्छौ अझै कति ??
त्याग त्यो छिटो आफ्नै मन सताउँने

२१२ १२२ २२१ २१२
बहरे हजज मुसम्मन् अस्तर महजूफ अखरब

बहरबद्ध गजल–२,
दियौ माया मनै भुल्न,लिए झैं भो मलाई ।
जगायौ प्रेम प्रेमीको,जिए झैं भो मलाई ।

पखाल्दै पीर यो दिलको,समात्यौं सम्झनामा
नछोई मात लाग्यो खै ,पिए झैं भो मलाई ।

थिए चोट कलेजीमा, छुरा के चाहियो र
बितेका यादनै मेट्दा ,सिए झैं भो मलाई ।

मलाई साथमा राखी ,मनायौ प्रात रात
रमाएरै चुमे प्यारा , दिए झैं भो मलाई ।

कहानी लेख्छु यी लाखौं ,बुझ्यौ लाग्छ तिम्ले
नलेख्दामा दिवाना यो ,खिए झै भो मलाई ।

बहरे हजज मुसम्मन् महजूफ
१२२२ १२२२ १२२२ १२२

अम्बिका कार्की अमु
सर्लाही वाग्मती नपा
हाल चितवन भरतपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *