जब काग आई घरको आगनमा करायो
तब मेरि आमाको मनमा आसा पलायो
छोराले गाउँलाइ छाडी प्रदेशिएको पिरले
ती नुनिला आशुले मेरि आमालाइ गलायो
हो त्यहीआन्छे आज देस भक्त बनेको छ
जसले हिजो जनता लाई जिउदै जलायो
साच्चै देश परिवर्तन भएको रै छ है हाम्रो
मेरै बाउलाइ मार्ने हत्याराले मलाइ सघायो
पृय तिम्रो निस्चल अनि चोखो मायाले
इन्द्रलोक मा इन्द्रको आसन डगमगायो
कमल प्रसाद उपाध्याय “कल्पित”
कमलबजार न.पा.५ कुइका अछाम
हाल :- धनगढी कैलाली
मिति :- २०७४/१०/०९
