के आर पाण्डुलिपि का केही ताङ्काहरू

Spread the love
K. R., Pandulipi, के आर पाण्डुलिपि , pallawa, पल्लव

के आर पाण्डुलिपि

केश भिजाइ
बदन फुकाएर
आँखा सन्काइ
पलङ मै आयौ र
सपना देख्न छोडे।

घमण्ड भो कि
काग फेयर लब्ली
दलेर खै के
केटा फेर्दै हिड्ने
मन सुन्दर होला?

 

कबिता बने
हात हात मा पुगे
सिरानी बने
दिल मा ठाउँ छैन
तिमी ढोका मै बस।

प्रेम गहिरो
सम्बन्ध मा तगारो
आफु त फुल
भ्यालेन टाइन डे
मा ओइलि झरे कि ?

फुलेर आउ
प्रेम को बगैँचा मा
भमरा धेरै
ए म हु माली तिम्रो
पुर्ण खुलेर आउ

बतास आयो
कान चिसो भो यार
मुटु हल्लियो
जब तिम्रो आवाज
ले नै साउती गर्‍यो ।

के आर पाण्डुलिपि
पन्चपुरी न पा ५ सुर्खेत
हाल काठमाडौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *