‘अमर कवि’

Narayan, Godare, नारायण गोदारे, pallawa, पल्लव

नारायण गोदारे

कवि अमर छ
ऊ भूस्वामी भएर
ढाकिएको हुन्छ
आकाश नक्षत्र बीच
श्वास प्रश्वास चलिरहन्छ
कहिल्यै कल्पना बोक्तैन
मृगतृष्णाको
यथार्थलाई प्रतिविम्बित गराइ दिन्छ
सुखः दुःखका अनुभूतिभित्र
एक्लै वैजन्ती गुथेर
कल्प बृक्ष्य झैँ उभिएको
बोधीवृक्ष्य हो ऊ
युग बोकेर शताब्दी बोकेर
इतिहासको पानामा सुनौलो–

 


कीर्तिमान थपेर
आफूलाई चिनाउँछ
मात्र उसको काँचुली फेरिन्छ
ऊ दीप हो
कवि अमर छ ।…

नारायण गोदारे
साभारः मातृ कविता सङ्ग्रह २०५१

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.